जसपाले फेर्यो झन्डा र लोगो

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) ले आफ्नो पार्टीको झन्डा र लोगो फेरेको छ । विधानलाई प्रमाणीकरण गर्दै पार्टीको नयाँ झन्डा र लोगो बदलेको सो पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो ।

उहाँका अनुसार यसअघि माथिल्लो भागमा रातो र तल्लो भागमा हरियो रङको पृष्ठभूमिमा सेतो ताराको सट्टा अहिले रातो पृष्ठभूमिमा सेतो तारा राखिएको छ ।

यसैगरी यसअघिको पार्टीको लोगोमा पनि परिवर्तन गरिएको छ । पहिलेको लोगोमा मुठ्ठीसहितको हात राखिएको केन्द्रीय विभाग प्रमुख बस्नेतले बताउनुभयो ।

https://ujyaalonepalnews.com/archives/29535

Previous articleसांसद विकास कोषबारे लिखित जवाफ माग
Next articleमालिकाको रैथाने आलु लेवलिङ र प्याकेजिङ गरेर बजारमा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।