Home Uncategorized उपमेयर कप विजेता टोलीलाई सम्मान

उपमेयर कप विजेता टोलीलाई सम्मान

बैतडी ।  बैतडीको दशरथचन्द नगरपालिकामा सम्पन्न तेस्रो संस्करणको क्रिकेट प्रतियोगितामा उपाधि विजेता टोलीलाई सम्मान गरिएको छ । उपाधि हात पार्ने दशरथचन्द नगरपालिका २ देहिमाडौंको टोलीलाई २ नं वडा कार्यालयले सम्मान गरेको हो । वडा कार्यालयले शनिवार एक कार्यक्रमको आयोजना गरि विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई सम्मान गरेको हो ।

उत्कृष्ट खेल प्रदर्शन गर्दै लगातार २ पटक उपमेयर कपको च्याम्पियन भएको वडा नं २ को महिला क्रिकेट टोलीलाई सम्मान गरिएको वडाअध्यक्ष रनबहादुर बोहराले बताए । विजेता खेलाडीलाई दोसल्लासहित सम्मान गरिएको हो ।
दशरथचन्द नगरपालिकाले हरेक बर्ष सञ्चालन गर्दै आएको क्रिकेट प्रतियोगिताले खेलाडी उत्पादनमा सहयोग पुगेको जिल्ला समन्वय समिति सदस्य रमेश बोहराले बताए । प्रतियोगितासंगै नगरपालिकाले खेलमैदान लगायतका भौतिक पुर्वाधारमा पनि ध्यान दिनु उनले आग्रह गरे । स्थानीय सरकार आएपछी खेल प्रतियोगिता सञ्चालन गर्न सहज भएको एनसीसी क्रिकेट क्लब देहिमाण्डौँका अध्यक्ष भण्डारीले बताए ।

खेलाडीले खेलसंगैं अनुशासन पनि ख्याल गर्न उनले आग्रह गरे । खेलाडीको क्षमता अभिबृद्धि र खेलाडीको क्षमता अभिबृद्धिका लागि नगरपालिकाले खेल क्षेत्रलाई प्राथमिकतामा राखेको क्रिकेट प्रशिक्षक दिपक बोहराको भनाई छ ।
नगरपालिकाले हरेक बर्ष गर्दै आएको यस्ता प्रतियोगिताले खेलको प्रदर्शनस्तर बढ्दै गएको दशरथचन्द नगरपालिका २, का महिला क्रिकेट टोलीका कप्तान आरती बोहराले बताइन् ।

The post उपमेयर कप विजेता टोलीलाई सम्मान appeared first on Rajdhani Daily News.

आज देखि अष्ट्रेलिया खुल्दै; पूर्ण खोप लगाए पनि १४ दिन क्वारेन्टाइन बस्नुपर्ने

Previous articleपत्नी हत्या कसुरमा २० बर्ष कैद
Next articleकञ्चनपुरमा एकैदिन दुई दुर्घटनाः दुईको मृत्यु, एक जना गम्भीर घाइते
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।