चट्याङमा परी रोल्पामा वडासदस्यको निधन

रोल्पा- गएराति परेको चट्याङमा जिल्लामा एक वडासदस्यको निधन भएको छ । सुनछहरी गाउँपालिका–३ कुइपाधाराका वडासदस्य ४९ वर्षीय दिलबहादुर घर्तीमगरको सो घटनामा परी निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृतक घर्तीमगर आफ्नो कान्छो भाइको घरमा सुतेको बेला चट्याङमा परेको उक्त कार्यालयका सूचना अधिकारी प्रकाश भुसालले जानकारी दिनुभयो । चट्याङमा परी अन्य ठाउँका केही व्यक्ति पनि घाइते भएकाले त्यस स्थानतर्फ प्रहरी जाँदै गरेको उहाँले बताउनुभयोे ।

https://ujyaalonepalnews.com/archives/29552

Previous articleझोलुङ्गे पुल बनेपछि एक घण्टाको यात्रा १० मिनेटमै
Next articleजङ्गली च्याउ खाँदा एकै परिवारका पाँच सिकिस्त
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।