धौलिगङ्गा बाँध पुनः खोलियो, सतर्कता अपनाउन आग्रह

0
41

बैतडी- भारतको धौलिगङ्गा बाँध पुनः खोलिने र महाकाली नदीमा जलस्तर बढ्ने भन्दै जिल्ला प्रशासन कार्यालय बैतडीले सतर्कता अपनाउन आग्रह गरेको छ । बाँध आज बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्मका लागि खोलिएकोले सूचना जारी गरेर प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको हो ।

भारतको उत्तराखण्डमा पर्ने धौलीगङ्गा जलविद्युत् परियोजनाको सिल्ट सरसफाइका लागि बाँधको ढोका खोलिएको जिल्ला प्रशासन बैतडीले जारी गरेको सूचनामा उल्लेख छ ।

सो समयमा महाकाली नदी किनारका नागरिकलाई सचेत रहन र नदी वारपार नगर्न अनुरोध गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शङ्करबहादुर बोहराले बताउनुभयो । यसअघि असार २६ गते पनि परियोजनाको बाँध खोलिएको थियो ।

https://www.ujyaalonepalnews.com/archives/29568

Previous articleचट्याङमा परी रोल्पामा वडासदस्यको निधन
Next articleस्थानीयको अवरोधकै बीच काठमाडौं उपत्यकाको फोहोर विसर्जन गर्न सुरु