आकाशमा उडिरहेको विमानभित्रै बेहोस नेपालीको मृत्यु

0
60

हङकहङबाट हवाईजहाजमा काठमाडौंका लागि आउँदै गर्दा आकाशमै अचानक बेहोस भएका खोटाङका डिकप्रसाद राईको मृत्यु भएको छ।

नेपाली वायु सेवा निगमको आरए ४१० विमानमा गत मंगलबार काठमाडौं उड्ने क्रममा मस्तिष्काघात भएर बेहोस भएका ४९ वर्षीय राईको उपपचारका क्रममा शुक्रबार राति मृत्यु भएको हो।

हङकङको प्रिन्स मार्गरेट अस्पतालको सघन कक्षमा उपचाररत उनको शुक्रबार राति ८ बजे मृत्यु भएको उनका आफन्तसमेत रहेका किरात राई यायोख्खा (हङकङ)का भूतपूर्व अध्यक्ष रजिन राईले नेपालखबरलाई जानकारी दिए।

८० प्रतिशत मस्तिष्क नष्ट भई मस्तिष्कमा रगत जम्दा उनलाई बचाउन नसकएिको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।

आफन्त राईका अनुसार मृतकलाई यलुङ्छा परिवारले किरात राई परम्पराअनुसार हङकङमै दाहसंस्कार गर्नेछ। उनी खोटाङका स्थायी बासिन्दा भएकाले खोटाङ समाज हङकङ तथा यायोख्खा हङकङका भाषिक सस्था चाम्लिङ खाम्बातिमसँग पनि दाहसंस्कारका लागि सहयोग मागिएको उनले बताए।

यलुङ्छा परिवारका डिकप्रसाद, राई-यलुङ्छा परिवारका सल्लाहकार पनि थिए। परिवारका अध्यक्ष जयराम राईले मृतकको सबै परिवार नेपालमै भएकाले उनको अन्त्येष्टि यलुङ्छा परिवारले गर्नेछ।

नेपाली राहदानीवाहक डिकप्रसाद लामो समयदेखि हङकङको युनलोङमा बसिरहेका थिए। उनी गत मंगलबार हङकङबाट काठमाडौं सिलसिलामा विमानभित्रै बेहोस भएका थिए।

त्यसपछि जहाजलाई हङकङमै आकस्मिक अवतरण गरी उनलाई अस्पताल भर्ना गरिएको थियो। कतिपयले अहिले विश्वभर आतंक मच्चाइरहेको कोरोना भाइरसको संक्रमणले पो हो कि भन्ने आशंकासमेत व्यक्त गरेका थिए।

तर उनको मृत्यु र कोरोना भाइरसबीच कुनै सम्बन्ध नरहेको जयरामले जानकारी दिए।

याे पनि : 

विमानमै बेहोस भएर हङकङ फर्काइएका राईको कृतिम श्वासप्रश्वास दिएर उपचार हुँदै

भारतसित जोडिएको चिवाभञ्ज्याङ नाका खोल्न माग

Previous articleविजयले ‘सुसाइड नोट’ नछोड्दा खुलेन सानेपा हत्याको रहस्य
Next articleकर्णाली राजमार्गमा रिफ्रेस सेन्टर निर्माण गरिने