बिपीको पूर्णकदको सालिक अनावरण

सुनसरी- बिपी कोइरालाको ४१औँ स्मृति दिवसका अवसरमा आज सुनसरीको इनरुवामा उहाँको पूर्णकदको सालिक अनावरण गरिएको छ ।

नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इनरुवा–९ बबियामा बिपी कोइरालाको पूर्णकदको सालिक अनावरण गर्नुभएको हो ।

इनरुवा नगरपालिकाको रु १५ लाखको लागतमा सालिक निर्माण गरिएको पार्टीका जिल्ला सभापति तथा इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले जानकारी दिनुभयो ।

https://ujyaalonepalnews.com/archives/29587

Previous articleबिपीको साहित्यलाई गाउँगाउँसम्म पुर्‍याउनुपर्छ: अर्थमन्त्री डा महत
Next articleबिपीको विचार र चिन्तनको जगमा कांग्रेसलाई अगाडि बढाउँछौँ : महामन्त्री शर्मा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।