ओखलढुंगामा गत आर्थिक बर्षमा हेलिकप्टरमार्फत २४ सुत्केरीको उद्दार

ओखलढुंगा- गएको आर्थिक वर्षमा प्रसूति जोखिम भएका ओखलढुंगाका २४ जना गर्भवती तथा सुत्केरी महिलालाई हेलिकप्टरमार्फत नि:शुल्क उद्दार गरिएको छ ।

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमार्फत राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुलाई उद्दार गरिएको जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले जनाएको छ ।

जोखिममा रहेका गर्भवती तथा सुत्केरी महिलालाई हवाई उद्दार सम्बन्धी कार्यविधि २०७५ अनुसार प्रशासन कार्यालयले समन्वय गरेर उद्दार गर्दै आएको छ ।

यो कार्यक्रमबाट दुर्गममा जीवनमरणको अवस्थामा रहेका महिलाहरुलाई जनप्रतिनिधि, स्थानीय स्वास्थ्य संस्था, महिला स्वास्थ्य स्वयंसेविकालगायतको सिफारिसको आधारमा उद्दार गर्ने गरिएको छ । आर्थिक वर्ष २०७८/७९ मा जिल्लाबाट ३५ जनाको उद्दार भएको थियो ।

https://ujyaalonepalnews.com/archives/29589

Previous articleबिपीको विचार र चिन्तनको जगमा कांग्रेसलाई अगाडि बढाउँछौँ : महामन्त्री शर्मा
Next articleसुरक्षित मातृत्वमाथि प्रश्नः २० रुपैयाँको भातले दिन काट्दै सुत्केरी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।