Home Uncategorized बैतडीको पुचौँडीमा पहिरोले घर पुरिँदा आमा छोराको मृत्यु, तीनजना घाइते

बैतडीको पुचौँडीमा पहिरोले घर पुरिँदा आमा छोराको मृत्यु, तीनजना घाइते

बैतडी- बैतडीको पुचौँडी नगरपालिका– २ भैरु टोलमा पहिरोले घर पुरिँदा आमा छोराको मृत्यु भएको छ । गएराती घरमाथिबाट खसेको पहिरोले घर पुरिँदा अन्दाजी २५ वर्षीया अञ्जु जागरी र उनका छोरा ५ वर्षीय रिजन जागरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता इन्सपेक्टर लोकराज जोशीले बताउनुभयो ।

यस्तै मृतक अञ्जुका सासुआमा ४५ वर्षिया राइमती र देवर १७ वर्षीय गोब्बर जागरी घाइते भएको प्रहरीले जनाएको छ । सोही घरमा पाहुना बस्न आएकी छिमेकी ६० वर्षिया जस्मा बोहरा पनि घाइते भएकी छन् । मृतक अञ्जुका श्रीमान रोजगारीको सिलसिलामा भारतमा रहेका बताइएको छ ।

प्रहरीका अनुसार घरमा पूर्ण क्षति पुगेको छ भने करिब एक दर्जन चौपायासमेत मरेका छन् ।

https://ujyaalonepalnews.com/archives/29650

Previous articleज्यामिस्वाँरामा व्यावसायिक रेशम किराको खेती
Next articleनेपालगञ्जबाट १४ करोडको प्लाइउड भारत निकासी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।