मोटरसाइकल दूर्घटनामा प्रहरी निरीक्षक शाहको मृत्यु

सर्लाही- सर्लाहीको ईश्वरपुर नगरपालिका–९, खोरिया टोलमा मोटरसाइकल दुर्घटनामा परेर राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) को मृत्यु भएको छ ।

सदरमुकाम मलङ्गवास्थित कार्यालयबाट गएराति घरबाट फर्कंदै गर्दा बागमती प्रदेश ०२–०१६ प ००७१ नम्वरको मोटरसाइकल दुर्घटनामा परी राष्ट्रिय अनुसन्धानका इन्स्पेक्टर २९ वर्षीय वसन्त साहको मृत्यु भएको हो ।

ईश्वरपुर नगरपालिका–६, निवासी साह फूलजोर–त्रिभुवननगर सडक अन्तर्गत खोरिया टोल नजिकै रहेको पुलमुनी मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएको अवस्थामा आज बिहान फेला परेको प्रहरीले जनाएको छ । सर्लाहीका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले घटनास्थलको प्रकृति मुचुल्का सङ्कलन भइरहेको जानकारी दिनुभयो ।

https://ujyaalonepalnews.com/archives/29712

Previous articleपानी अभावले रोपाइँ ढिला
Next articleनवलपुरमा २६ अर्ब बढी राजश्व सङ्कलन
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।