जनावर खाँदै आएको बाघ नियन्त्रणमा

पूर्वी नवलपरासी- पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाको नन्दपुरमा घरपालुवा जनावर खादै आएको बाघ नियन्त्रणमा लिईएको छ ।

निकुञ्जको टोलीले मध्यविन्दु नगरपालिका २ नन्दपुरबाट गएराती समातेको हो । बाघ नियन्त्रणका लागि खटिएको निकुञ्जको प्राविधिक टोलीले डार्ट गरेर बाघ नियन्त्रणमा लिएको सूचना अधिकारी गणेश तिवारीले जानकारी दिनुभयो ।

चार दिनअघि नन्दपुरकै हेमकान्त चौधरीको गोठका दुईवटा गाईलाई सिकार गरेर मारेको हो । सोहि क्षेत्रमा ७ वटा बाख्रा र एउटा बंगुर समेत मारेको थियो ।

समातिएको बाघलाई कसरा लगिएको सूचना अधिकारी तिवारीले बताउनुभयो । निकुञ्जको टोलीले मध्यविन्दुमै सोमबार सात महिनाको पोथी बाघ समेत नियन्त्रणमा लिएको थियो ।

https://ujyaalonepalnews.com/archives/31291

Previous articleजन्मथलो सुन्तलाबारीवासीको सम्झनामा नेम्वाङ
Next articleलुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्य
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।