Home Uncategorized प्रधानमन्त्रीद्वारा ओलम्पिक रङ्गशालाको अवलोकन

प्रधानमन्त्रीद्वारा ओलम्पिक रङ्गशालाको अवलोकन

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इटालीको रोममा रहेको ‘स्टुडियो ओलम्पिको रोमा’को आज अवलोकन गर्नुभएको छ ।

इटाली भ्रमणमा रहनुभएका उहाँले ओलम्पिक खेल सञ्चालन हुने रङ्गशालाको अवलोकन गर्नुभएको हो । अवलोकनका क्रममा उहाँले उक्त रङ्गशालाका बारेमा अभिरुचिपूर्वक जिज्ञासा राख्नुभएको थियो ।

सो रङ्गशालामा ७० हजार दर्शक अट्ने बताइएको छ । प्रधानमन्त्री दाहालले खेलाडी आउने जाने मार्ग, प्यारापिट, खेलपछि आयोजना गरिने पत्रकार सम्मेलन कक्ष, रङ्गशाला सञ्चालनका क्रममा प्रयोग गरिने सबै क्षेत्रको अवलोकन गर्नुभएको थियो ।

उहाँले रङ्गशालामा प्रदर्शनीमा राखिएको इटालीले प्राप्त गरेको पहिलो शिल्ड, खेलाडीका जर्सीलगायतको अवलोकन गर्नुभएको थियो । प्रधानमन्त्री दाहाललाई रङ्गशालाका अधिकारीहरूले सम्पूर्ण जानकारी गराएका थिए ।

उक्त रङ्गशाला सन् १९६० देखि सञ्चालनमा आएको हो । सो रङ्गशालामा विशेषगरी फुटबल, रग्बी र एथलेटिक्सका खेलहरू हुने अधिकारीहरूले जानकारी दिएका थिए ।

https://ujyaalonepalnews.com/archives/29751

Previous articleकाठमाडौंका व्यस्त सडक चोकहरुमा सहज आवागमनका लागि मुलुकमै पहिलो पटक नयाँ प्रयोग गरिंदै
Next articleप्रधानमन्त्री दाहाल भोलि स्वदेश फर्कँदै
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।