कालिका, ११ साउन । कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले शैक्षिक क्षेत्रको विकासलाई कालिका नगरपालिकाले प्रमुख प्राथमिकतामा राखेर अगाडी बढ्दै गएको बताउनुभएको छ । श्री राष्ट्रिय माध्यमिक विद्यालय, शमीपुरले विहीवार आयोजना गरेको छात्रवृत्ति वितरण, एसईई सम्मान तथा बस हस्तान्तरण कार्यक्रममा बोल्दै नगर प्रमुख रेग्मीले शैक्षिक क्षेत्रको विकासले सम्वृद्ध नगर बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
नगर क्षेत्रभित्रका सामुदायिक विद्यालयहरुको भौतिक पूर्वाधार निर्माणसँगै गुणस्तरिय शिक्षालाई नगरपालिकाले जोड दिएको उहाँले बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका नगर प्रमुख रेग्मीले राष्ट्रिय माध्यमिक विद्यालय,शमीपुरले नगरको गौरवलाई उच्च बनाउँदै गएको भन्दै प्रशंसा गर्नुभयो । विद्यालय व्यवस्थापन समितिका पदाधिकारी देखि विद्यालयका शिक्षक, अभिभावक सबैको टिमवर्कले विद्यालयले सफलता पाउँदै गएको भन्दै नगर प्रमुख रेग्मीले शमीपुर विद्यालयवाट अरु विद्यालयलेपनि सिक्नुपर्ने बताउनुभयो ।

एसईई परीक्षामा सहभागी सत–प्रतिशत विद्यार्थीहरुलाई पास गराउन सफल विद्यालयका शिक्षक र पासहुने विद्यार्थीलाई बधाई दिनुभयो । शमीपुर विद्यालयलाई अझै व्यस्थित र नमुना विद्यालय बनाउन नगरपालिकाले सक्दो सहयोगगर्ने समेत प्रतिवद्धता जनाउनुभयो । विद्यालयसँगै रहेको कुलोलाई व्यवस्थापनगर्ने, पुरानो ब्लक जान अहिले भएको बाटोलाई व्यस्थित बनाउन नगरपालिकाले बजेट समेत विनियोजन गरिसकेको जानकारी दिनुभयो ।
कार्यक्रममा चतुर्मुखी माध्यमिक विद्यालयका सह प्रधानाध्यापक पूर्णबहादुर पुरीले छोटो समयमा शमीपुर विद्यालयले ठूलो छलाङमार्न सफल भएको बताउनुभयो । विधालय व्यवस्थापन समितिका पदाधिकारी देखि स्कुलका शिक्षक, कर्मचारीहरुको टिमवर्क प्रशंसागर्न योग्य रहेको उहाँले बताउनुभयो । विद्यालयमा विद्यार्थी अभावका कारण अरु विद्यालयमा मर्जहुने अवस्थामा पुगेको विद्यालयलाई उठाएर नगरक्षेत्रकै आशलाग्दो विद्यालय बनाउन सफल भएकोमा खुशी व्यक्त गर्नुभयो ।

विद्यालयका प्रधानाध्यापक धर्मेन्द्रजंग रायमाझीले विद्यालयमा विद्यार्थीको चाप थेग्न मुस्किल हुँदै गएको बताउनुभयो । भएका भौतिक पूर्वाधारहरुमा प्रयाप्त नभएको उहाँको भनाई छ । नगरक्षेत्रभित्रका सामुदायिक विद्यालयहरुमा यो वर्षको आजवाट वर्खेविदा कटौतिगर्ने मेयर रेंग्मीले गर्नुभएको निर्णय स्वागत योग्य रहेको टिप्पणी गर्नुभयो । विदाको नाउँमा विद्यार्थीहरु यत्रतत्रहुनबाट पछिल्लो निर्णयले रोकेको भन्दै प्रधानाध्यापक रायमाझीले सबै प्रधानाध्यापकहरुसँग बैठक बसेर गरेको निर्णय स्वागतयोग्य रहेको बताउनुभयो । यस्तै खालका निर्णयगर्दै गए जनता र विद्यार्थीबीच अझै मेयरको लोकप्रियता बढ्दै जाने दावीगर्नुभयो ।
कार्यक्रममा कक्षा १ देखि १० कक्षा सम्मका अत्यन्त्यै निम्न स्तर भएका विद्यार्थीहरुलाई छात्रवृति वितरण गरिएको थियो । सोही अवसरमा नगरपालिकाको सिफारिसमा प्रदेश सरकारको आर्थिक सहयोगमा प्राप्त स्कुल बस समेत हस्तान्तरण गरिएको थियो । नगर प्रमुख रेग्मी र उपप्रमुख विमला तमाङले संयुक्त रुपमा विद्यालयका प्रधानाध्यापक रायमाझीलाई बसको चावि हस्तान्तरण गर्नुभएको हो ।
कार्यक्रममा एसईई परीक्षामा सत प्रतिशत पास गराउन सफल चारसजना शिक्षक र पासहुने २१ जना विद्यार्थीलाई सम्मान गरिएको थियो । यस्तै दुईजना होस्टेल वोृर्डेन र एकजना बस चालकलाई समेत सम्मान गरिएको छ । कार्यक्रममा सांगेतिक कार्यक्रम अन्तर्गत विद्यार्थीहरुले नृत्य समेत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा कालिका नगरपालिका अन्तर्गत सामाजिक विकास समितिका संयोजक एवम कालिका वडा नं. ४ का वडा अध्यक्ष मकरमान श्रेष्ठ, समाजसेवी बलराम खनाल, रमेशजंग थापा, समाजसेवी केशव लामा, कालिका वडा नं. १ का वडा अध्यक्ष सन्तवीर स्याङतान, कालिका नगरपालिकाका शिक्षा प्रमुख रामप्रसाद अधिकारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोमबहादुर खड्काको अध्यक्षतामा आयोजना गरिएको हो ।
https://ujyaalonepalnews.com/archives/29758


