Home Uncategorized तारकेश्वर घटना: छोराछोरीको अत्याधिक मायाले संगै लैजाने निर्णय गरें

तारकेश्वर घटना: छोराछोरीको अत्याधिक मायाले संगै लैजाने निर्णय गरें

काठमाडौँ : तारकेश्वर नगरपालिका-२ काभ्रेस्थलीको एक घरमा चारै जना मृ’त भेटिएको घटनामा प्रहरीले सुसा’इड नोट फेला पारेको छ। दिनेश पाण्डेले लेखेको अनुमान गरिएको नोटमा उनले श्रीमती र ससुराली मिलेर सम्पत्ति कब्जाको प्रयास गरेपछि यस्तो कदम चालेको उल्लेख छ।

४१ वर्षीय दिनेश, उनको श्रीमती ३९ वर्षीया सुनिता, १३ वर्षीया छोरी आशिका र ८ वर्षीया छोरा आशिक एकै घरमा मृ’त अवस्थामा फेला परेका थिए। प्रहरीले घटनास्थलको प्रकृति अनुसार दिनेशले तीन जनाको ह’त्या गरेर आफूले आ’त्महत्या गरेको शङ्का गरेको छ। सुसाइड नोटले समेत त्यस्तै देखाएको एक प्रहरी अधिकारीले जानकारी दिए।

१० पेज लामो सुसाइड नोटमा उनले सबै पारिवारिक अवस्थाबारे लेखेका छन्। श्रीमतीको अर्कैसँग सम्बन्ध रहेको, सधैँ झग’डा गर्ने गरेको, माइतीसँग मिलेर प्रहरीकोमा थुनाउने गरेको, ११ वर्ष दुख गरेर कमाएको सम्पत्ति कब्जा गर्न खोजेको उल्लेख गरिएको छ। श्रीमती र उनको परिवारको कारण घटना घटाएको लेखेका उनले सन्तानको अति माया लाग्ने भएकाले उनीहरूलाई छाडेर आ’त्मह’त्या गर्न नसकेको लेखिएको छ।

सुसाइडको केही अंश

११ वर्षसम्म कुवेतको तातो घाममा दुःख गरेर कमाएको सम्पत्ति श्रीमती र उसका माइतीले कब्जा गर्न खोजे। मलाई फ’साएर मेरो सम्पत्ति हडप्न खोजे। श्रीमती र श्रीमतीका दाजुहरूले मलाई पटक पटक थुनाएर सम्पत्ति लैजान खोजेकाले यो कदम उठाउन बाध्य भएँ।

मैले कमाएको सबै पैसा श्रीमतीलाई पठाएको थिए। तर श्रीमतीले पैसाजति सबै माइतीलाई दिइन्। फर्केर घर आउँदा ममाथि राम्रो व्यवहार भएन। केही कुरा गर्दा विवाद गर्थिन्। ममाथि कुट’पिट गर्थिन्। प्रतिकार गर्दा घरेलु हिं’सा र ज्यान मा’र्ने उद्योग गरेको भन्दै प्रहरीमा उजुरी दिएर थुनाइन्।

मलाई श्रीमतीले मोबाइल छुन र हेर्न पनि दिन्नथीन्। जति बेला पनि आफैँ राख्ने गर्थिन्।ट्वाइलेट जाँदा पनि फोन सँगै लिएर जाने, ट्वाइलेटमै बसेर कुरा गर्ने। मलाई वास्ता नगर्ने गर्थिन्। मोवाइल हेर्नै नदिने गरेकाले मलाई श’ङ्का लागेको थियो। म श्रीमान् भए पनि मेरो केयर गर्दैनथी। छि-छि, दूर-दुर गर्ने, हेप्ने गर्थी। मलाई पी’डा भयो।

मेरा बच्चा बच्चीको औधी माया लाग्छ। मैले बच्चा बच्चीलाई मायाले गर्दा सँगै लिन जान यो कठोर कदम चाल्नु परेको हो। श्रीमती र उनको माइतीका कारण यो कदम उठाउन बाध्य भएँ।

https://ujyaalonepalnews.com/archives/23632

Previous articleनेपाली कामदार जापान पठाउने विषयमा छलफल गर्न जापानिज टोली नेपालमा
Next articleबुबाभन्दा २४ वर्षपछि प्रहरीमा भर्ना भएका छोराले एकैदिन लगाए डीएसपीको फूली
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।