Home Uncategorized यसवर्षको जुलाई महिना विश्वकै सर्वाधिक तातो महिना हुने

यसवर्षको जुलाई महिना विश्वकै सर्वाधिक तातो महिना हुने

विश्व तापमानमा आएको अस्वाभाविक वृद्धिसँगै जुलाई महिना विश्वको सबैभन्दा तातो महिना हुने निश्चित भएको वैज्ञानिकहरूले बताएका छन् ।

हालै तापक्रममा आएको वृद्धिले यसअघिका धेरै रेकर्डहरु भत्किने अनुसन्धानकर्ताहरुको विश्लेषण छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले पृथ्वी तात्ने मात्र नभै उम्लिने दिशातर्फ उन्मुख भएको टिप्पणी गर्नुभएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले जलवायु परिवर्तनलाई “अस्तित्वको खतरा” को रूपमा वर्णन गर्दै “अब कसैले पनि जलवायु परिवर्तनको प्रभावलाई अस्वीकार गर्न नसक्ने बताउनु भएको छ ।

यस वर्षको जुलाई महिना विगत १ लाख २० वर्ष यताकै सबैभन्दा तातो महिना हुन सक्ने पनि कतिपय अनुसन्धानकर्ताहरुको राय छ । यस किसिमको गर्मी मुख्यरूपमा जीवाश्म ईन्धनको प्रयोगका कारण भएको धेरैको विश्वास छ ।

कोपर्निकस क्लाइमेट चेन्ज सर्भिसका अनुसार विश्वको सबैभन्दा तातो दिन जुलाई ६ रहेको र जुलाइकै अन्य २३ दिनमा पनि तापक्रम उच्च रेकर्ड गरिएको थियो ।

https://ujyaalonepalnews.com/archives/29767

Previous articleसार्कको प्रभावकारिताका लागि सदस्य राष्ट्रबीच सहकार्य महत्त्वपूर्ण: उपराष्ट्रपति
Next articleहवाई सेवामा लगाएको भ्याट फिर्ताको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।