होलीको दिन ७ सय ११ सवारी चालक कारबाहीमा

होलीको समयमा काठमाडौं उपत्यकामा कुनै अप्रिय घटना नभएको प्रहरीले जनाएको छ।

ट्राफिक नियम उल्लंघन गर्ने ७ सय भन्दा बढी चालकलाई कारबाही गरिएपनि कुनै अप्रिय घटना नभएको ट्राफिक प्रहरीले जानकारी दिएको छ। ७६ मोटरसाइकल र ७ सय ११ जना सवारी चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

मादक पदार्थ सेवन (मापसे) गर्ने, तीन जना सवार भएका मोटरसाइकल र कागजात नबोकेका चालकलाई कारबाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीमप्रसाद ढकालले बताए। दुर्घटना न्यूनिकरणका लागि ट्राफिक प्रहरीले सम्झाउने बुझाउने गर्नुका साथै ‘तिव्र गतिमा सवारी नचलाउँ, मापसे गरेर सवारी नचलाउँ’ लेखिएका प्लेकार्ड बोकेका थिए। ड्युटी अनुगमनका लागि १५ वटा टिम पनि खटिएको उनले बताए।

ट्राफिक नियम उल्लंघन गर्नेलाई सम्झाई बुझाई गर्ने र नमान्नेलाई कानूनी दायरमा ल्याइएको उनले बताए।

एक महिने तालिमसँगै अल्लोको कपडा बनाउँदै महिलाहरू

Previous articleहोमप्रसाद माझीले पाए लालापूर्जा
Next articleथ्रिस्टार आहा–रारा गोल्डकपको सेमिफाइनलमा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।