भारतीय हस्तक्षेप अस्वीकार्य : वरिष्ठ नेता खनाल

चौतारा, ३ फागुन (रासस) । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले लिपुलेक सदियौँदेखि हाम्रो भू–भाग भएकाले भारतीय हस्तक्षेप अस्वीकार्य भएको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को क्षेत्रीय कमिटीद्वारा आज सिन्धुपाल्चोकको खाडीचौरमा आयोजित कार्यक्रममा नेता खनालले हालै भारतले सो क्षेत्र आफ्नो नक्शामा समावेश गरेकोप्रति असहमति जनाउँदै वर्तमान सरकारले कालापानी, लिम्पीयाधुरा र लिपुलेक समेटेर यथाशीघ्र राजनीतिक नक्शा प्रकाशित गर्न जरुरी रहेको बताए ।

वर्तमान सरकार समाजवादउन्मुख भएको चर्चा गर्दै वरिष्ठ नेता खनालले सबै दल यही संविधानभित्र आउनुपर्ने र नआउने पछि पर्ने बताए ।

पार्टीको हालै बसेको दोस्रो बैठक भावनात्मक रुपमै पार्टी एकताको सन्देश गएकोसमेत उनले जिकिर गरे ।

The post भारतीय हस्तक्षेप अस्वीकार्य : वरिष्ठ नेता खनाल appeared first on Koshi Online.

जनचेतना मुलक सर्ट मुभी ‘घृणा’ सार्वजनिक

Previous articleधुर्मुस-सुन्तलीको सेण्टिभाईरसमा प्रितम आचार्य, देखिदैछन् सानो धुर्मुसको अवतारमा (भिडियो सहित)
Next articleबयलगाडाको नाममा ठग्ने व्यक्तिले हाम्रो टिमलाई प्रलोभनमा पार्न खोजेपछि…
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।