स्याङजामा बोलेरो जिप दुर्घटना हुँदा १२ जना घाईते

स्याङ्जा- स्याङजाको भिरकोट नगरपालिका-६ कार्कीडाँडास्थित भित्री सडकखण्डमा शुक्रवार साँझ करिब ७ बजे बलोरो दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।

बयारघारीबाट तिसेदीतर्फ जाँदै गरेको ग २ च ७३७५ नम्बरको बलोरो जिप उकालो बाटोमा ब्याक हुन गई सडकमै पल्टिंदा जिपमा सवार चालकसहित १२ जना घाइते भएका हुन् ।

घाइतेहरुको गण्डकी अस्पताल पोखरा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी रबिन्द्र खनालले जानकारी दिनुभयो । खनालका अनुसार अन्य केही घाइतेको कालिका सामुदायिक अस्पताल हेलुमा उपचार भइरहेको छ ।

https://ujyaalonepalnews.com/archives/29996

Previous articleज्ञानेन्द्र मल्लद्वारा अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यास
Next articleसिटीइभीटी र आयोगको विवादका कारण अन्तिम समयमा परीक्षा स्थगित
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।