अध्यक्ष नेपाल जेनेभा प्रस्थान

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल स्वीट्जरल्याण्डको जेनेभातर्फ प्रस्थान गर्नुभएको छ ।

प्रवासी नेपाली एकता मञ्च युरोपद्वारा स्वीट्जरल्याण्डलगायतका विभिन्न देशमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन उहाँ आज बिहान त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपाल आगामी भदौ १ गते स्वदेश फर्किने कार्यक्रम रहेको उहाँको निजी सचिव मोहन गौतमले जानकारी दिनुभयो ।

अध्यक्ष नेपालको अनुपस्थितिमा अध्यक्षको जिम्मेवारी पार्टीका उपाध्यक्ष एवं कृषि तथा पशुपन्छीमन्त्री डा वेदुराम भुसाललाई सम्हाल्नुहुने छ ।

https://ujyaalonepalnews.com/archives/30046

Previous articleमनुवा झरना पर्यटकहरूको आकर्षक गन्तव्य ( फोटो फिचर)
Next articleललिता निवास प्रकरणः चार पूर्वमन्त्रीविरूद्ध पक्राउ पुर्जी जारी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।