पृथ्वीराजमार्ग पुनः अवरुद्व, दुईतर्फी सवारी आवागमन बन्द

तनहुँ- पृथ्वीराजमार्ग सडकअन्तर्गत तनहुँको व्यास नगरपालिका–५ स्थित कन्टारमा सडक भासिँदा राजमार्ग अवरुद्व भएको छ ।

आज दिउँसोदेखि सडक अवरुद्ध भएपछि दुईतर्फी सवारीसाधन आवतजावत बन्द भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सडक विस्तारको जिम्मा पाएको चिनिया कम्पनीसँगको समन्वयमा भासिएको सडक मर्मत गरी सवारी साधन सञ्चालनका लागि पहल भएको छ ।

अवरुद्व सडक पुनः सञ्चालन गर्न समय लाग्ने देखिएको उक्त कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिनुभयो ।

https://ujyaalonepalnews.com/archives/30135

Previous articleगोलभेँडाको मूल्य बढेपछि किसान उत्साहित
Next articleरास्वपा कार्यकर्ताले प्रयाेग गरेकाे वाकिटकीबारे छानबिन गर्न प्रहरीलाई चितवन प्रशासनकाे निर्देशन
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।