करेन्ट लागेर एक जनाको मृत्यु

कास्की- करेन्ट लागेर पोखरा–१८, सराङकोटमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सराङकोट गोठादीकी ३० वर्षिया मेनुका बस्नेत थापा रहनुभएको छ ।

उहाँको घरमा पालेका कुखुरालाई दाना दिने क्रममा करेन्ट लागेर मृत्यु भएको वडा सदस्य कल्पना कार्की ढकालले जानकारी दिनुभयो ।

थापाको पोष्टमार्टम पछि बुधवार पोखरास्थित रामघाटमा अन्तेष्टी गरिएको छ । उहाँका श्रीमान् तथा नाबालक १ छोरा (११ वर्षे) र १ छोरी (७ वर्षे) हुनुहुन्छ ।

https://ujyaalonepalnews.com/archives/30171

Previous articleअष्ट्रेलियामा ‘जय हो’ को ट्रेलर सार्वजनिक
Next articleसरस्वती नेपालीलाई अमेरिकाकाको ‘जिएआरसी’ अवार्ड
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।