भन्सार छलीको सामानसहित भारतीय ट्रक नियन्त्रणमा

मकवानपुर- मकवानपु्र प्रह्रीले एक करोड तीस लाख बराबरको भन्सार छलीका सामानसहित भारतीय नम्बर प्लेटको ट्रक नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय पशुपतिनगर र प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका—१५ रातोमाटेबाट युपी ७५ एटि ८६३२ नम्बरको भारतीय गाडी नियन्त्रणमा लिएको हो ।

भारतको सिलाङबाट बुटवल जान लागेको ट्रकबाट ८३ लाख २९ हजार बराबरको लत्ताकपडा, ३ लाख ५० हजार बराबरको ईलोक्ट्रोनिक्स सामान, १६ लाख ३८ हजार मूल्य बराबरको मदिरा र ३१ लाख २७ हजार मूल्य बराबरको अन्य सामान बरामद गरेको मकवानपुर प्रहरी प्रमुख सिताराम रिजालले जानकारी दिनुभयो ।

प्रहरीले ट्रकका चालक भारत उत्तर प्रदेशका ५५ वर्षका गोरेलाल, तनहुँ ब्यास नगरपालिका वडा नम्बर ४ बस्ने ४९ वर्षको निमकाजी श्रेष्ठ र पर्वत जिल्ला विहादी गाउँपालिका वडा नम्बर ४ बस्ने बर्ष ३९ का खेम बहादुर गुरुङलाई पक्राउ गरेको छ ।

उनीहरुले भारतिय सैनिकको रिटायर्ड बन्दोबस्तीको सामान भनि भन्सार बिल देखाएपछि शंका लागेर चेकजाँच गर्दा अवैध रुपमा भन्सार छलीका सामान भेटिएको प्रहरी प्रमुख रिजालले बताउनुभयो ।

ट्रक, बरामद सामान र पक्राउ परेका तीनैजनालाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारा पठाईएको प्रहरीले जनाएको छ ।

https://ujyaalonepalnews.com/archives/31099

Previous articleएमाले लुम्बिनी प्रदेशको अध्यक्षमा राधाकृष्ण कंडेल दुई मतले विजयी
Next articleजबरजस्ती करणी गरेको आरोपमा हेटौंडाका एक डाक्टर प्रहरी नियन्त्रणमा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।