९० बर्षिय बाबुको हत्या गर्ने छोरा पक्राउ

0
62

बारा- बाराको जितपुरसिमरा उप–महानगरपालिका-१६ टागियाबस्तीमा आफ्नै ९० बर्षिय बाबुको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् ।

ईलाका प्रहरी कार्यालय निजगढको टोलीले ९० बर्षिय माईत सिं घलानलाई हत्या गरेको आरोपमा आफ्नै ६० बर्षीय छोरा दिल बहादुर घलानलाई प्रहरीले पक्राउ गरेको हो ।

घरायासी विवादको कारणले छोराले आफ्नै बाबुको हत्या भएको ईलाका प्रहरी कार्यलय निजगढका प्रहरी निरिक्षक घनश्याम श्रेष्ठले जानकारी दिनुभयो । ६० वर्षीय घलान मादक पदार्थ सेवन गरेको र सोही कारणले घटना गराएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

मृतकको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल कलैया पठाईको र हत्या गर्ने छोरालाई हाल ईलाका प्रहरी कार्यलय निजगढमा थप अनुसन्धानको लागि राखिएको छ ।

https://www.ujyaalonepalnews.com/archives/30253

Previous articleआज अन्तर्राष्ट्रिय युवा दिवस नेपालमा पनि बिभिन्न कार्यक्रम गरी मनाईंदै
Next articleअब कोही पनि पैसा अभावमा उपचार नपाएर मर्नु पर्दैन : स्वास्थ्यमन्त्री बस्नेत