गुरुङ चलचित्र ‘पजे गोरे’ काठमाडौंमा प्रदर्शन

काठमाडौं । तमु (गुरुङ_ संस्कृतिमा आधारित भएर निर्माण भएको चलचित्र ुपजे गोरेु ९बाजे गोरे० बेलायत र पोखरापछि काठमाडौंमा भव्य प्रदर्शन गरिएको छ ।

गत शनिबार राष्ट्रिय नाचघर जमलमा विशेष कार्यक्रमबीच तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद्का निवर्तमान अध्यक्ष, वरिष्ठ समाजसेवी तथा बौद्धिक व्यक्तित्व रेशम गुरुङको प्रमुख आतिथ्यतामा पजे गोरे चलचित्र प्रदर्शन गरिएको हो । गुरुङ कल्चरमा आधारित आदिवासी जनजाति चलचित्रमा सर्वोकृष्ट अवार्ड जितेको पजे गोरे चलचित्र प्रदर्शनमा दर्शकहरुको बाक्लो उपस्थिति थियो ।

कार्यक्रममा निर्माता तथा निर्देशक गम ९गोरे० गुरुङ र प्रमुख अतिथि गुरुङले सहयोग पुर्‍याउने विभिन्न समाजका अध्यक्ष, प्रतिनिधिहरु र विभिन्न व्यक्तिहरूलाई प्रमाणपत्र र मायाको चिनो प्रदान गरेका थिए । सम्पूर्ण संघसंस्था, समाज, समुदाय, कलाकार, पत्रकार तथा विभिन्न जनसमुदाय, आफन्तहरुको साथ र सहयोग, गरिमामय उपस्थितिप्रति चलचित्र निर्माण टिमले आभार र धन्यवाद व्यक्त गरेको छ ।

धेरै दर्शकले रूचाइएका फिल्म पजे गोरे निकट भविष्यमा चितवन, नवलपरासी, बुटवल, स्याङ्जा, दमौली, तनहुँ र पुनः पोखरामा प्रदर्शन हुने निर्माण टिमले जनाएको छ । यो फिल्म मुनाल फिल्मको ब्यानरमा निर्देशक भोज गुरुङ र गीत रचनाकार प्राध्यापक एकेन्द्र गुरुङ, संगीत स्वर तेजेन्द्र गुरुङको रहेको छ ।

चलचित्र बेलायतवासी गम गोरे गुरुङ (लेखन तथा निर्देशन), दिल घले, ज्ञाम गुरूङ र शिरी गुरुङले निर्माण गरेका हुन् ।

https://ujyaalonepalnews.com/archives/30271

Previous articleरत्नप्रिय क्लवले आयोजना गरेको रक्तदानमा ७९ युनिट रगत संकलन
Next articleट्वीटरमा अब फेसबुक जस्तै लाइभ गर्न मिल्न‍े एलन मस्कको घोषणा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।