ट्वीटरमा अब फेसबुक जस्तै लाइभ गर्न मिल्न‍े एलन मस्कको घोषणा

काठमाडौं १९ साउन । आजदेखि ट्वीटर (एक्स)मा फेसबुकमा जस्तै लाइभ गर्न मिल्ने भएको छ ।

ट्वीटरका मालिक एलन मस्कले आज आफै लाइभमा आएर यस्तो घोषणा गरेका हुन् । नेपालबाट समेत लाइभ गर्न सकिएको छ ।

कसरी लाइभ गर्ने ?

लाइभ गर्न ट्वीटर एपमा गएर नयाँ पोस्ट गर्ने ठाउँ प्लस आइकनमा क्लिक गर्नुपर्छ । त्यसपछि आउने स्पेसेस, फोटोज, गिफ र पोस्टमध्ये पोस्ट गर्ने अप्सनमा क्लिक गर्नुपर्छ ।

पोस्टमा क्लिक गरेपछि त्यहाँ क्यामेरा जस्तो देखिने आइकन छ । त्यसमा क्लिक गरेपछि फोटो, भिडियो र लाइभ जान सकिने भनेर देखाउँछ र कन्ट्युन्यू गरेपछि त्यहाँ भिडियो, क्याप्चर र लाइभ भन्ने अप्सन देखिन्छ । त्यसपछि जोकोही पनि ट्वीटरबाट लाइभ गर्न सक्ने छन् ।

यो फिचरका लागि अटो अपडेट भएको छैन भने एक्सको एप अपडेट गर्नुपर्ने हुन्छ ।

उनले ट्वीटरमा भनेका छन्, ‘लाइभ भिडियो अब राम्रोसँग काम गरिरहेको छ। मात्र तपाईले क्यामेराको आइकन भएको ठाउँमा क्लिक गर्नुपर्नेछ।’

यसघि एलन मस्कले ट्वीटरको लोगो चरालाई हटाएर एक्स राखेका थिए ।

https://ujyaalonepalnews.com/archives/30273

Previous articleगुरुङ चलचित्र ‘पजे गोरे’ काठमाडौंमा प्रदर्शन
Next articleमहिलाको नाममा जग्गा पास गर्ने बढे
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।