बागमती प्रदेशका १३ अस्पतालका सबै शैया नि:शुल्क गर्न निर्देशन

0
35

बागमती प्रदेशको स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेका १३ वटा अस्पतालका सबै शैया निःशुल्क हुने भएका छन् । मन्त्रालयले भदौ १ गतेदेखि क्याविन, एनआईसियू र आईसियू बाहेक अन्य सम्पूर्ण शैयाहरु निःशुल्क गरेको हो ।

मन्त्रालयले आज सबै अस्पताललाई निर्देशन जारी गर्दै भदौ १ गतेदेखि लागू हुने गरी कार्यान्वयन गर्न भनेको छ । मन्त्रालयका आयुर्वेद चिकित्सक डा.रविन भुषालद्वारा जारी सूचना अनुसार साउन २२ गतेको मन्त्रीस्तरीय निर्णय अनुसार यो व्यवस्था गरिएको उल्लेख छ ।

यसैगरी प्रदेशभित्रका १३ वटा आयुर्वेद केन्द्रलाई पनि रिह्यावीटेसन सेवा र फिजियोथेरापी सेवा निःशुल्क गर्न निर्देशन गरिएको छ । यो सेवा पनि भदौ १ गतेबाट लागू गर्न मन्त्रालयले निर्देशन गरेको छ ।

मन्त्रालयले सरकारी, निजी, सहकारी र सामुदायिक अस्पतालहरुलाई सामाजिक सेवा ईकाई स्थापना गर्न निर्देशन गरेको छ । मन्त्रालयले ईकाई मार्फत् असहाय, अपाङ्ग, विपन्न, वेवारिसे बिरामीको उपचार व्यवस्थित गर्ने निर्णय भएको हुँदा अनिवार्य रुपमा कार्यान्वयन गर्न भनेको छ ।

बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले आजै पत्रकारहरुसँग कुराकानी गर्दै १३ वटा अस्पतालका आठ सय एक शैया निःशुल्क हुने व्यवस्था गरिएको जानकारी दिनुभएको थियो ।

https://www.ujyaalonepalnews.com/archives/30352

Previous articleमन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने माओवादी केन्द्रको निर्णय
Next articleलाइप्जिग जर्मन सुपर कपको च्याम्पियन