भारतका लागि एस–४०० प्रतिरक्षा प्रणाली निर्माण सुरुः रुसी मन्त्री

उनले रुस र भारतबीच सम्पन्न सम्झौता अनुरुप अल्माज–आन्टे कम्पनीले उक्त उपकरणको उत्पादन सुरु गरेको र तोकिएकै मितिमा भारतलाई हस्तान्तरण गरिने बताए।

भारतले पाँच वटा एस–४०० प्रतिरक्षा प्रणालीका लागि रसियासँग ५ अर्ब ४३ करोड अमेरिकी डलरको सम्झौता गरेको थियो।

मन्त्री मान्टुरोभले एस–४०० का लागि तालिम केन्द्र भारतमा निर्माण गर्न थालिएको पनि जानकारी दिए।

रसियाले निर्माण गरेको यस अत्याधुनिक प्रतिरक्षा उपकरणलाई लिएर अमेरिकाले विशेष चासो दिने गरेको छ।

टर्कीले यस्तै उपकरण खरिद गरेको भन्दै टर्की विरुद्ध अमेरिकाले सैनिक सहयोग र सहकार्य रोक्ने वा कटौती गर्ने चेतावनी दिइसकेको छ। रासस/एएनआई

केही बर्षपछि हामी देशलाई धनि बनाउछौं : प्रधानमन्त्री

Previous articleडढेलो नियन्त्रणका क्रममा मृत्यु भएका स्वयमसेवकका परिवारलाई विशेष सम्मान
Next articleधनगढी प्रिमियर लिगको मिति सर्‍यो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।