सिरहामा अवैध लागूऔषधसहित २ जना महिलाहरु पक्राउ

सिरहा- सिरहामा प्रहरीले लागू औषधसहित २ जना महिलालाई पक्राउ गरेको छ ।
सिरहा नगरपालिका वडा नं १४ खिरौना लच्कास्थित माडर सिरहा सडक खण्डमा प्रहरी चौकी खिरौना सिरहा बाट प्र.स.नि. दुर्गा प्रसाद यादवको कमाण्डमा खटिएको चेकिङ टोलीले यात्रु बाहक अटो रिक्सालाई चेकजाँच गर्दा सोही अटो रिक्सामा सवार जिल्ला सप्तरी खडक नडकपालिका वडा नं. ५ रन्जितपुर टोल बस्ने बर्ष २५ की निरा कुमारी चौधरीले बोकेको ह्यण्ड ब्याग भित्र लुकाई छिपाई ल्याएको लागूऔषध फेला पारेको हो ।
सोही अटोमा सवार सिरहा नगरपालिका वडा नं. १७ खैरटोका बस्ने बर्ष ३० की नमिमा खातुनको साथबाट नेपाली नगद ३१,५००।- पनि प्रहरीले बरामद गरेको छ । थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी रबिन्द्र प्रसाद पाण्डेले जानकारी दिनुभएको छ ।।

https://ujyaalonepalnews.com/archives/30392

Previous articleनागरिकको सुरक्षा पहिलो प्राथमिकता : मुख्यमन्त्री पाण्डे
Next articleमुगुमा जिप दुर्घटनाः तीन जनाको मृत्यु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।