मुगुमा जिप दुर्घटनाः तीन जनाको मृत्यु

मुगु- जिल्लाको उत्तरी सोरु गाउँपालिकामा पर्ने सीप गाउँ नजिकै जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । सोरु गाउँपालिकाको सोरुकोटबाट गमगढी सदरमुकाम गमगढी बजार आउदै गरेको ज १ च ७७७२ नम्बरको जिप सोरुगाउपालिक ७ चिप्ले गौडा भिरमा दुर्घटना भएको हो ।

जिपमा रहेका नौ जनामध्ये तीन को मृत्यु भएको र छ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय मुगुले जानकारी दिएको छ ।

मृत्यु र घाइतेहरुको पहिचान भएको छैन । घटना कसरी भयो भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

https://ujyaalonepalnews.com/archives/30393

Previous articleसिरहामा अवैध लागूऔषधसहित २ जना महिलाहरु पक्राउ
Next articleविमानस्थलबाट बरामद गरिएको सुनको तौल ६० केजी ७८९ ग्राम
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।