चार दल सम्मिलित समाजवादी मोर्चाले सातै प्रदेशमा सभा गर्ने

काठमाडौं- चार दल सम्मिलित समाजवादी मोर्चाले सातै प्रदेशमा सभा गर्ने भएको छ । एकीकृत समाजवादीको केन्द्रीय कार्यालय, आलोकनगरमा आज बिहान बसेको मोर्चाको बैठकले सातै प्रदेशमा सभा गर्ने निर्णय गरेको हो ।

बैठकले भदौ ८ गते वीरगञ्ज, १२ गते बुटवल, १३ गते धनगढी, १४ गते सुर्खेत, १५ गते पोखरा, २३ गते हेटौंडा र २५ गते विराटनगरमा सभा गर्ने निर्णय गरेको एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमालले जानकारी दिनुभयो ।

मोर्चा निर्माणको उद्देश्यबारे जानकारी दिन सभा गर्न लागिएको हो । मोर्चाले यो सभालाई ‘सन्देश सभा’ नाम दिएको छ । मोर्चाको बैठकले सरकारले थालेको भ्रष्टाचारविरुद्धको अभियानलाई समर्थनसमेत गरेको छ ।

सरकारको नेतृत्वकर्ता माओवादी केन्द्रसहित चार दलले गत असार ४ गते समाजवादी मोर्चा घोषणा गरेका थिए । मोर्चामा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा रहेका छन् ।

https://ujyaalonepalnews.com/archives/30571

Previous articleनेपाल सर्प महोत्सवः ‘सर्पले टोक्दैमा आत्तिनुहुँदैन’
Next articleउपसभामुखसहित आठ जेष्ठ सांसद बैठकमा अनुपस्थित हुने भएपछि कोशी प्रदेशसभाको बैठक अनिश्चित
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।