उपसभामुखसहित आठ जेष्ठ सांसद बैठकमा अनुपस्थित हुने भएपछि कोशी प्रदेशसभाको बैठक अनिश्चित

कोशी- कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिन बोलाइएको कोशी प्रदेशसभाको बैठकमा उपसभामुख सहित ८ जेष्ठ सांसद अनुपस्थित हुने जानकारी गराएपछि बैठक नै अनिश्चित भएको छ ।

नेकपा एमाले र राप्रपाका सांसदहरुले अनुपस्थित हुने भएपछि दिउसो १२ बजेका लागि राजनीतिक दलका प्रतिनिधिहरुले कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

कोशी प्रदेशकी उपसभामुख सृजना दनुवारले सांसद काँग्रेस सांसद मोहमद इसराइल मनसुरीलाई बैठकको अध्यक्षता गर्न तोकेकाले प्रदेशसभा सचिवालयले कानुनी परामर्श थालेको छ ।

गत साउन १६ गते सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर थापा दोस्रो पटक मुख्यमन्त्री नियुक्त हुनु भएको थियो । त्यसपछि उपसभामुख दनुवारले बैठकको अध्यक्षता गर्दै आउनु भएको छ । तर आजका लागि तोकिएको बैठकमा सभामुख र उपसभामुख दुबै अनुपस्थित हुने भएपछि अन्यौलता बढेको हो ।

https://ujyaalonepalnews.com/archives/30572

Previous articleचार दल सम्मिलित समाजवादी मोर्चाले सातै प्रदेशमा सभा गर्ने
Next articleराजनीतिमा युवापुस्ताका पक्षपाती गिरि
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।