आज बस्ने भनिएको प्रतिनिधि सभाको बैठक स्थगित

काठमाडौं- आज दिउँसो तीन बजेका लागि तय गरिएको बैठक स्थगित भएको छ ।  बुधबारसम्मका लागि बैठक स्थगित गरिएको हो ।

‘प्रतिनिधि सभाको नियमावली २०७९ को नियम ६ को उपनियम (३) बमोजिम सभाको अर्को बैठक मिति २०८० भदौ ६ गते बुधबार दिनको ३ बजे बस्नेगरी निर्धारण गरिएको छ ।

नेकपा एमालेको निरन्तर अवरोधपछि आजसम्मका लागि बैठक सार्दै आएको थियो । सुन प्रकरणमा एमालेले उच्चस्तरीय छानबिन समिति बनाउने मागसहित संसद अवरोध गरिरहेको थियो । सोमबार राति बसेको सर्वदलीय बैठकले संयन्त्र बनाउने निर्णय गरेको थियो ।

https://ujyaalonepalnews.com/archives/30620

Previous articleअवरुद्ध भएको दस दिनपछि भेरीकरीडाेर सडक खुल्याे
Next articleसिआइबीले बुझायो ललिता निवाससम्बन्धी अनुसन्धान प्रतिवेदन
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।