सिआइबीले बुझायो ललिता निवाससम्बन्धी अनुसन्धान प्रतिवेदन

0
87

ललिता निवाससम्बन्धी अनुसन्धान प्रतिवेदन सिआइबीले जिल्ला सरकारी वकिलको कार्यालयमा बुझायो / मिसिल अध्ययनपछि अभियोजन कार्य अघि बढ्ने जिल्ला न्यायाधिवक्ता महेश खत्रीको भनाई ।।

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना सम्बन्धी अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयलाई बुझाएको छ ।

जिल्ला न्यायाधिवक्ता महेश खत्रीले ललिता निवासको संगठित र कीर्ते मुद्दामा सीआईबीले अनुसन्धान प्रतिवेदनसहित सक्कल र नक्कल फाइलहरु जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको जानकारी दिनुभयो । उहाँले मिसिल अध्ययन भएपछि अभियोजन कार्य अघि बढ्ने समेत जानकारी दिनुभयो ।

सीआईबीले गरेको अनुसन्धानमा २०४९ देखि २०७० सालसम्म पाँच पटक गरी बालुवाटारस्थित ललिता निवासको १ सय ४३ रोपनी सरकारी जग्गा व्यक्तिका नाममा दर्ता भएको खुलेको थियो । जसमा सिआइबीले २ सय जनाभन्दा बढीलाई प्रतिवादी बनाएर मुद्दा चलाउन राय दिएको जानकारी दिएको छ ।

https://www.ujyaalonepalnews.com/archives/30623

Previous articleनवलपुरको दाउन्नेमा यात्रुबस पल्टिँदा २९ जना घाइते
Next articleप्रधानमन्त्रीद्वारा मन्त्री किरातीको पिताप्रति श्रद्धाञ्जलि