अनधिकृतरुपमा सञ्चालित सामाजिक सञ्जाल बन्द गराउँदै एमाले

काठमाडौँ- नेकपा (एमाले)ले अनधिकृत रुपमा पार्टीको नाम, लोगो, झण्डा वा नेताको नाम दुरुपयोग गरी सञ्चालनमा रहेका सामाजिक सञ्जाल बन्द गराउने भएको छ ।

पार्टीको गत साउन २९ गतेको सचिवालय बैठकले दिएको निर्देशनबमोजिम स्वदेश तथा विदेशमा अनधिकृत र अज्ञात व्यक्तिबाट पार्टीको नाम, लोगो र झण्डा दुरुपयोग गरी सञ्चालनमा रहेका सामाजिक सञ्जाललाई बन्द गराउने भएको हो ।

केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले पार्टी र मातहतका कमिटी वा शुभेच्छुकले सञ्चालन गरेका सामाजिक सञ्जाललाई थप उपयोगी बनाउने बताउँदै अनधिकृत तथा नक्कली प्रयोगकर्ताको पहिचान गरी त्यस्ता सामाजिक सञ्जाल बन्द गरिने जानकारी दिनुभयो ।

पार्टीपङ्क्ति तथा समाजमा भ्रम सिर्जना हुने गरी बनाइएका अनधिकृत सामाजिक सञ्जाल पहिचान गरी बन्द गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो ।

https://ujyaalonepalnews.com/archives/30679

Previous articleगौरा पर्वमा सार्वजनिक बिदा दिने विषयमा सकारात्मकः प्रधानमन्त्री प्रचण्ड
Next articleअदालतले दिएको आदेश पालना गर्नु सबैको कर्तव्य भएको मुख्यमन्त्री थापाको भनाई
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।