मोरङ- कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सर्वोच्च अदालतले दिएको आदेश पालना गर्नु सबैको कर्तव्य भएको बताउनुभएको छ ।
सर्वोच्चको आदेशपछि नेपाल टेलिभिजनसँग कुरागर्दै मुख्यमन्त्री थापाले कोशी प्रदेशमा देखिएको राजनैतिक अस्थिरता अन्त्यका लागि प्रदेश सभामा रहेका सबै राजनैतिक दलहरुबीच सहमति, सहकार्य र एकताको भावना आवश्यक रहेकेा बताउनुभयो ।
कोशी प्रदेशमा बजेट शुन्यताको स्थिति आउने निश्चित भएकाले यसका लागि राजनैतिक दलहरुबीच सहमति गर्नुपर्ने उहाँको भनाइ छ । आफुहरुले भदौ ९ गते अध्यादेशबाट बजेट ल्याउने तयारी गरेको भएपनि अदालतको अन्तरिम आदेशले रोक्न बाध्य भएको उहाँले जानकारी दिनुभयो ।
मुख्यमन्त्री थापाले आफुहरुसँग अहिले पनि प्रदेश सभाको बहुमत अर्थात ४७ जना सांसदहरु रहेको उल्लेख गर्नुभयो ।-
https://ujyaalonepalnews.com/archives/30680


