हुम्ला- लगातार परेको वर्षासँगै आएको बाढीले रिपखोलामा एक जना बेपत्ता भएका छन् । घर फर्किने बेला सर्केगाड गाउँपालिका- २ स्थित रिपगाड खोलामा बाढीमा परेर ताजाकोट गाउँपालिका-४ गल्लावाडाका अन्दाजी ४०/४५ वर्षिय नन्दऋषि जैसी बेपत्ता भएका हुन् ।
घटनास्थलमा इलाका प्रहरीचौकी सर्केगाडबाट र जिल्ला प्रहरी कार्यालय हुम्लाबाट सइ शंकर श्रेष्ठको टोली खटिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ ।
बिहान साढे ७ बजे बाढीले खोला बन्द भएपछि जैसी बेपत्ता भएको उनका भाइ जयधर्म जैसीले खबर दिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी भिमलाल भट्टराईले बताउनुभयो ।
बाढीले कर्णालीको पानी थुनियो
यसैबीच रिपगाड खोलामा आएको बाढीले हुम्ला कर्णालीको पानी थुनिएको छ । माथिबाटै बाढीसँगै आएको लेदोले रिपागाडमा हुम्ला कर्णालीको बहाब दश मिनेट रोकिएको थियो ।
कर्णालीको पानी रोकिएपछि रिपागार्डको आसपास भएको बाली लगाएको जमिन पुरै डुवानमा परेको छ । ‘कर्णाली र रिपगाड खोलाको पानी बाढिसँगै आएको लेदोले रोकेपछि आसपासको जमिनमा ताल बनेको छ’ स्थानीय बिजय फडेराको भनाइ छ ।

https://ujyaalonepalnews.com/archives/30701


