उज्यालो नेपाल- नेवा: मुस्लिम समाजले केही महिना अगाडी नेपाल हज कमिटीको ब्यबस्थापनमा नेपालबाट हज गर्न साउदीको पुगेका हाजिहरुले भोगेको समस्या र आर्थिक हिनामिना सम्बन्धमा गृहमन्त्रालयलाई ज्ञापन पत्र बुझाएको छ ।
हज कमिटीले हाजिहरुको ब्यबस्थापनमा गरेको लापरबाही र आर्थिक हिनामिना एबम भ्रष्टाचारको निस्पक्ष छानबिन गरि हाजिहरुलाई फर्काउनु पर्ने रकम फिर्ता गराउन नेवा: मुस्लिम समाजको तर्फबाट ज्ञापनपत्र बुझाईएको अध्यक्ष निसार उद्दिनले बताए ।

ज्ञापनपत्रमा अनियमितताको आरोप लागेको हज कमिटी विगठन गरि नयाँ हज कमिटि बनाउन पनि माग गरिएको छ । यसैबीच हजयात्रामा भएको अनियमितता र भ्रष्टाचारको छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत गरिएको छ ।

https://ujyaalonepalnews.com/archives/30704


