दार्चुलामा एक महिलाद्वारा मट्टितेल छर्केर आत्मदाहको प्रयास

दार्चुला- दार्चुलामा एक महिलाले आत्मदाहको प्रयास गरेकी छन् । शैल्यशिखर नगरपालिका-५ सेतकला बस्ने अन्दाजी ४५ वर्षीया सुना साउँदले मट्टीतेल छर्केर आत्मदाहको प्रयास गरेकी हुन् ।

साउँदले आज बिहान ११ बजेतिर घरमा कोहि नभएको बेला शरीरमा मट्टीतेल छर्केर आगो लगाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक तर्कराज पाण्डेयले बताउनुभयो ।

साउँदको शरीरमा आगो लाग्दा घुडाभन्दा माथिल्लो भाग जलेको बताइएको छ । आगो लागेको स्थानीयहरुले देखेपछि साउँदलाई उद्वार गरेर गोकुलेश्वर अस्पताल लगिएको थियो ।

उहाँको अहिले गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको तथा अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

https://ujyaalonepalnews.com/archives/30763

Previous articleलेखा र महिला समितिमा एमाले तथा पूर्वाधारमा राप्रपाको उम्मेदवारी
Next articleउत्पादनमा क्रान्तिकारी परिवर्तन नल्याएसम्म परिवर्तन सम्भव छैन : प्रधानमन्त्री
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।