Home Uncategorized कांग्रेस अनुशासन समितिको कार्यविधि पारित

कांग्रेस अनुशासन समितिको कार्यविधि पारित

काठमाडौँ- नेपाली कांग्रेसले पार्टीको केन्द्रीय अनुशासन समितिको कार्यविधि, २०८० लाई संशोधनसहित पारित गरेको छ । कांग्रेस केन्द्रीय अनुशासन समितिको आज बसेको बैठकले सो कार्यविधि पारित गरेको हो ।

यसैगरी समिति संयोजक आनन्दप्रसाद ढुङ्गानाको अध्यक्षतामा बसेको बैठकले समितिको सचिवमा कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रेम केसीलाई मनोनयन गर्ने निर्णयसमेत गरेको छ । समितिको बैठक भोलि यही भदौ ११ गते बिहान ८ बजे पुनः बस्ने पार्टी कार्यालयले जनाएको छ ।

https://ujyaalonepalnews.com/archives/30768

Previous articleप्रतिनिधिसभा अन्तर्गतका १० समितिका सभापतिमा ११ जनाको उम्मेदवारी
Next articleभोलिदेखि मुद्दाको पेशी तारिख स्वचालित प्रणालीबाट : प्रधानन्यायाधीश
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।