मन्दिरबाट हराएकी बालिका मृत फेला

झापा- भजन सुन्न आमासँगै मन्दिर गएकी भद्रपुर नगरपालिका–९ की तीन वर्षीया निर्जला सिग्देल नालामा डुबेर मृत्यु भएको अवस्थामा भेटिएकी छन् ।

आमा भजन सुनिरहेको बेला स्थानीय केदारेश्वर मन्दिर बाहिर खेलिरहेकी निर्जला दिउँसो १२ बजेतिर एकाएक हराएकी थिइन् । खोजतलास गर्दा उनलाई नजिकैको पक्की नालामा डुबेर मृत्यु भएको भेटिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्र रिजालले बताउनुभयो ।

रिजालका अनुसार शव फेला परेको स्थान घर र मन्दिरबाट पाँच सय मिटरको दूरीमा रहेको छ । उनको शव अपराह्न ३ बजेतिर फेला परेको हो । बालिकाको शव फेला परेपछि प्रहरी टोलीले घटनास्थलको मुचुल्का गरी शव परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पुर्‍याएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेकोसमेत जनाएको छ ।

https://ujyaalonepalnews.com/archives/30783

Previous articleजलवायु परिवर्तनसम्बन्धी सचेतना फैल्याउन मनाङमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने
Next articleबञ्चरेडाँडा ल्याण्डफिल्ड साइटमा उपत्यकाको फोहरमैला लैजान नदिने स्थानीयको घोषणा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।