गुल्मी अस्पताल तनाव अपडेट

गुल्मी- गुल्मी अस्पतालमा अर्घाखाँचीको छत्रदेब गाउँपालिका-७ काउलेकी ६ वर्षीया बालिकाको उपचारको क्रममा मृत्यु भएसँगै तनावग्रस्त बनेको गुल्मी अझै शान्त हुन सकेको छैन ।

आज बिहानै देखि पीडित पक्ष, अस्पताल र सरोकारबाल निकाय वार्तामा बसे पनि वार्ता सफल हुन सकेको छैन । सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद गैरेको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिती बनाएर अघि बढ्ने सहमतिको नजीक पुगेको बेला गुल्मी अस्पतालका स्वास्थ्यकर्मीले सुरक्षाको कारण देखाउदै आकस्मिक सेवा बाहेक अन्य सेवा बन्द गरेको विज्ञप्ति जारी गरे पछि पीडित परिवारले सहमति बहिष्कार गरेका हुन ।

जिल्ला प्रशासन कार्यालय गुल्मीमा कडा सुरक्षाका बीच वार्ता भैइरहेको छ । पीडित पक्षले दोषी उपर कडा कारबाही नभएसम्म शव नबुझ्ने बताएका छन् ।

https://ujyaalonepalnews.com/archives/30801

Previous articleभरतपुरमा बृहत सरसफाई अभियान एक वर्षसम्म निरन्तर चल्ने
Next articleवि.पी. कोइराला क्यान्सर अस्पतालका नवनियुक्त कार्यकारी निर्देशक डा. पौडेलद्वारा पदभार ग्रहण
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।