लेस्टरको फराकिलो जित

 

लन्डन । चोटबाट पूनरागमन गरेको पहिलो खेलमै इंग्लिस फरवार्ड जेमी भार्डीले उच्च प्रदर्शन गरेपछि लेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा सानदार जित निकालेको छ । घरेलु मैदानमा सोमबार राति भएको खेलमा लेस्टरले एस्टन भिल्लामाथि ४–० को फराकिलो जित हात पारेको हो । अर्काे दुई गोल हार्वे बार्नेसको नाममा रह्यो ।

किङ पावर स्टेडियममा सोमबार राति भएको एकपक्षीय खेलमा लेस्टरले ४०औं मिनेटमा हार्वे बार्नेसको गोलबाट अग्रता बनाएको थियो । पहिलो हाफमा १–० को अग्रता बनाएको लेस्टरले दोस्रो हाफमा थप तीन गोल थप्यो । ६३औं मिनेटमा जेमी भार्डीले पेनाल्टीमा गोल गर्दै लेस्टरको अग्रता दोब्बर बनायो । बार्नेसको प्रहारलाई पेनाल्टी एरियामा टेरोन मिङ्सले ह्यान्ड गरेपछि प्राप्त पेनाल्टीमा भार्डी चुकेनन् । भार्डी ५९औं मिनेटमा केलिचीको स्थानमा मैदान प्रवेश गरेका थिए । मैदान छिरेको चौथो मिनेटमा नै भार्डीले गोल गर्न सफल भएका हुन् । ७९औं मिनेटमा भार्डीले व्यक्तिगत दोस्रो गोल गरेपछि लेस्टर सहज जिततर्फ अग्रसर बन्यो । ८५औं मिनेटमा मार्क अलब्राइटनको पासमा बार्नेसले अर्काे गोल थप्दै लेस्टरलाई ४–० को सानदार जित दिलाए ।

जितसँगै लेस्टरले अर्काे सिजनको लागि च्याम्पियन्स लिगमा सिधै छनोट हुने बलियो सम्भावना बनाएको छ । तेस्रो स्थानमा रहेको लेस्टरले दोस्रो स्थानमा रहेको म्यानचेस्ट सिटीसँगको अंक दुरी ४ मा छोट्याउदा चौथो स्थानमा रहेको चेल्सीसँगको अंक दुरी ५ पु¥याएको छ ।  प्रिमियर लिगमा शीर्ष चारमा रहने टोलीले सिधै च्याम्पियन्स लिगमा छनोट हुने प्रावधान छ । पाँचौ स्थानमा रहने टोलीले प्ले अफ खेल्नु पर्ने हुन्छ । हारपछि एस्टन भिल्लाको रेलिगेसनको सम्भावना झनै बढेको छ । भिल्ला २५ अंक जोडेर १९औं स्थानमा छ ।

 

The post लेस्टरको फराकिलो जित appeared first on Rajdhani Daily News.

ऊर्जा क्षेत्रमा ऐतिहासिक फड्को बन्नेछ भारत–नेपाल दृष्टिकोण

Previous articleआजको राशिफल : फागुन २८ गते, बुधबार
Next articleकतारको श्रम स्वीकृति बन्द, निगमले पनि रोक्यो दोहा उडान
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।