नेपालको अस्कर कमिटीले माग्यो चलचित्र

काठमाडौँ- एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सेस (अस्कर अवार्ड) को ९६औँ संस्करणमा अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा सहभागिताका लागि नेपालस्थित कमिटीले आह्वान गरेको छ ।

आउँदो वर्ष सन् २०२४ मा अमेरिकास्थित लस एन्जलसमा हुने भनिएको अवार्डका लागि नेपालस्थित कमिटीमा भदौ २९ सम्म दर्ता भइसक्नुपर्ने सचिव चिरञ्जीवी गुरागाईंले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “प्राप्त चलचित्रलाई हेरेपछि हामीले एउटालाई असोज १ गतेसम्म अस्करमा पठाउँछौँ । कमिटीले तयार गरेको मापदण्डमा नेपालको मौलिकता झल्किने चलचित्रलाई सिफारिस गर्ने गरिएको छ ।”

मापदण्डानुसार तोकिएको मितिभित्र प्रदर्शन भएको हुनुपर्ने, केन्द्रीय चलचित्र जाँच समितिबाट पास भएको हुनुपर्ने, चलचित्र भवनमा कम्तीमा सात दिन प्रदर्शन भएको हुनुपर्ने वा मान्यताप्राप्त ओटीटीमा प्रदर्शन भएको हुनुपर्ने छ ।

कमिटीले जारी गरेको व्यक्तव्यमा डिसेम्बर १, २०२२ देखि अक्टोबर ३१, २०२३ सम्म प्रदर्शन भएका चलचित्रले प्रतिस्पर्धामा सहभागी हुन पाउने छन् ।

https://ujyaalonepalnews.com/archives/30817

Previous articleएमसीसी सम्झौता कार्यान्वयनको तयारीः एमसीसी उपाध्यक्ष एलफोर्ड नेपालमा
Next articleगुल्मीमा बालिका मृत्यु प्रकरणः पाँच सदस्यीय छानबिन समिति गठन
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।