Home Uncategorized गुल्मीमा बालिका मृत्यु प्रकरणः पाँच सदस्यीय छानबिन समिति गठन

गुल्मीमा बालिका मृत्यु प्रकरणः पाँच सदस्यीय छानबिन समिति गठन

गुल्मी- गुल्मी अस्पतालमा उपचारको क्रममा सात वर्षकी बालिका मृत्यु प्रकरणमा छानबिन गर्न पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ ।

अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वडानम्बर ७ काउले निवासी ७ वर्षकी प्रशंसा मरासिनीको मंगलवार बिहान गुल्मी अस्पतालमा उपचारको मृत्यु भएको थियो । बालिकाको मृत्यु अस्पतालको लापरवाहीका कारणले मृत्यु भएको भन्दै पीडित पक्षले शव नउठाएपछि दिनभर अस्पतालमा तनावग्रस्त बनेको थियो ।

बालिकाको मृत्यु पश्चात उत्पन्न समस्या समाधान गर्न प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीको कार्यकक्षमा अस्पताल प्रशासन, पिडितका आफन्त बिच छलफलमा सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको हो ।

समितिको सदस्यमा अर्घाखाँची जिल्ला छत्रदेव गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भेषराज पन्थ, श्रृङ्गा स्वास्थ्य चौकीका प्रमुख डक्टर बिवेक खनाल, रेसुङ्गा नगरपालिकाका अधिकृत बिनोद मरासिनी र प्रहरी निरीक्षक किरण सापकोटा रहेका छन् ।

समितिले आज बिहान ८ बजे बालिकाको शव पोष्टमार्टट गरेर छानबिनको सुरुवात गर्ने भएको समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी गैरे बताउनुभयो । समितिले छानविन गरेर केहि दिनभित्रै रिर्पोट तयार गरेर सार्वजनिक गरिने गैरे बताउनुभयो ।

समिति गठनसँगै यथार्थ छानबिन गराउने प्रतिबद्धता पछि बालिकाका आफन्तहरुले शव बुझ्ने र आन्दोलनका कार्यक्रमहरु नगर्ने सहमती भएको छ । त्यस्तै समति गठनपछि अस्पतालमा सबै सेवा सुचारु भएको अस्पतालले जनाएको छ ।

https://ujyaalonepalnews.com/archives/30818

Previous articleनेपालको अस्कर कमिटीले माग्यो चलचित्र
Next articleसुन तस्करी प्रकरण: सूचना सङ्कलन गर्न सिआइवीका एसएसपीलाई हङकङ पठाइँदै
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।