एसिया कप आजबाट पाकिस्तानमा सुरु हुँदै, नेपालले पहिलो पटक पाकिस्तानसँग खेल्दै

काठमाडौं- सौह्रौं संस्करणको एसिया कप आजबाट पाकिस्तानमा सुरु हुँदैछ । पाकिस्तानको मुल्तान क्रिकेट स्टेडियममा नेपाल र घरेलु टोली पाकिस्तानको खेलसँगै एसिया कपको सुरुआत हुँदैछ ।

नेपालको कप्तानी रोहित पौडेलले गर्दैछन् । नेपालले पहिलोपटक पाकिस्तानसँग खेल्दैछ । विश्व ओडिआई वरियता शीर्षस्थानमा रहेको पाकिस्तानविरुद्ध नेपालको लक्ष्य उत्कृष्ट क्रिकेट खेल्ने हुनेछ । नेपाल एसिया कपमा डेब्यू गर्ने हुँदा निकै उत्साहित पनि छ ।

नेपाल र पाकिस्तानबीचको खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ । पाकिस्तानलाई पराजित गर्न नेपालले आफ्नो बलियो प्लेईङ-११ मैदानमा उतार्ने छ ।

यसैगरी नेपालविरुद्धको खेलको लागि पाकिस्तानले प्लेईङ-११ को घोषणा गरेको छ । बाबर अजामको कप्तानीमा प्लेईङ-११ को घोषणा गरिएको छ ।

https://ujyaalonepalnews.com/archives/30825

Previous article‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान’ सम्पन्न
Next articleसुनकाण्डका एक आरोपीसँग भेटियो तीन देशको नागरिकता
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।