Home Uncategorized एमाले सचिवालय बैठक आजबाट सुरु हुँदै

एमाले सचिवालय बैठक आजबाट सुरु हुँदै

काठमाडौं- नेकपा एमालेको सचिवालय बैठक आजबाट सुरु हुँदैछ । धनगढी नगरपालिका–१४ सिरहास्थित चौथौ महाधिवेशन स्थलमा सचिवालय बैठक बस्न लागेको हो । गत भदौं ९ बाट बैठक सुरु हुने भनिए पनि मौसमका कारण स्थगित भएको थियो ।

बैठकमा सहभागी हुन पार्टी अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्षहरुलगायत पदाधिकारी, लेखा र अनुशासन बिभागका प्रमुखहरु महाधिवेशन स्थलमा पुग्दैछन् ।

एमालेले सो स्थानलाई ‘कम्युनिष्ट आन्दोलनको ऐतिहासिक स्थल’ मानेकाले सिरहालाई बैठकस्थल चयन गरिएको एमालेका उपमहासचिव तथा मधेस इन्चार्ज योगेश भट्टराईले जानकारी दिनुभयो ।

तत्कालिन नेकपा मालेको चौथों महाधिवेसन भएको स्थलमा मात्रै होइन, यही स्थलमा भएको महाधिवेशनवाट मदन भण्डारी पार्टी महासचिब चयन हुनु भएको थियो ।

सोही महाधिवेशनले जनताको बहुदलीय जनवादको दिशामा पार्टीलाई लैजाने निर्णय गर्नुका साथै पञ्चायतबिरुद्ध बाममोर्चा निर्माण गरेर कांग्रेससहित जनआन्दोलन गर्ने नीति पनि यहींवाट पारित गरेका ऐतिहासिक महत्व रहेको छ ।

https://ujyaalonepalnews.com/archives/30843

Previous articleस्याङ्जामा अरिङ्गालको टोकाईवाट एक जनाको मृत्यु
Next articleपाल्पामा जीप पहिरोले पुरिंदा तीन जनाको मृत्यु, पाँच जना घाइते
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।