Home Uncategorized देशभरिका कार्यकर्तालाई बद्लिएको कांग्रेस हेर्ने हुट्हुटी जागेको छः महामन्त्री शर्मा

देशभरिका कार्यकर्तालाई बद्लिएको कांग्रेस हेर्ने हुट्हुटी जागेको छः महामन्त्री शर्मा

नवलपुर- नेपाली कांग्रेसका महामन्त्री बिश्वप्रकाश शर्माले नेपाली काग्रेसका कुनै पनि कार्यकर्ताले कुनै हिनताभाव नराखेर पार्टीलाई जीवन्त बनाउन आफ्नो ठाउँबाट समय दिन सके मात्र पनि कसैले हराउन नसक्ने बताउनुभएको छ ।

नेपाली कांग्रेस नवलपरासी पूर्बको गैंडाकोट नेपाली कांग्रेसको प्रथम सममेलनको आज गैंडाकोटमा उद्घाटन गर्दै उहाँले सो बिचार ब्यक्त गर्नुभएको हो ।

महामन्त्री तथा संघीय प्रतिनिधिसभा सदस्य शर्माले आज धेरै चुनौतीहरु हाम्रा बीचमा छन् ती सबै चुनौतीको सामना गरेर पार्टीका साथीहरुले हप्तामा तीन दिन मात्र समय दिनुभयो भने मात्र पनि नेपाली कांग्रेसको जगलाई कसैले भत्काउन नसक्ने बताउनुभयो ।

बीपीको बिचार र सिद्धान्त आज पनि झन् झन् सान्दर्भिक हुँदै गएको बताउँदै नेपाली काग्रेसलाई रुपान्तरण गर्नुपर्ने समय आएकाले देशभरिका कार्यकर्तालाई बद्लिएको काग्रेस हेर्ने हुटहुटी जागेको स्पष्ट पार्नुभयो ।

कांग्रेस महामन्त्री शर्माले हामी सबैको चासो पार्टी बलियो हुनुपर्दछ, पार्टीका हरेक गतिबिधिहरु देश बनाउनेतर्फ अग्रसर हुनुपर्दछ र यसका लागि हामीले आफुलाई सुधार गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले बुटवल नारायणगढ सडक खण्डको सास्तीका बारेमा आफुले यसपटक अत्यन्त दुःख झेलेको र यहाँ बस्ने नागरिकले चार बर्ष देखि कति दुःख झेल्नुभएको होला म आँफैले ब्यक्त गर्न सकेको छैन भन्नुहुँदै यसको आफुले सदनमा र सरकारको गम्भीर ध्यानाकर्षण गराउने बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेशका महामन्त्री बिष्णु लामिछाने, कार्यबाहक सभापति चन्द्रबहादुर रानामगर, पूर्ब सांसद ओमकला गौतम लगायतले बलियो कांग्रेस निर्माणमा सबै कार्यकर्ता जिम्मेवार हुनुपर्नेमा जोड दिनुभएको थियो ।

https://ujyaalonepalnews.com/archives/30858

Previous articleविभिन्न प्रस्ताव र प्रतिबद्धता जाहेर गर्दै सकियो एमाले सचिवालय बैठक
Next articleमुख्यमन्त्री र मन्त्रीहरूबीचमा कार्ययोजना सम्पादन करार सम्झौता
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।