रत्ननगरका ३६ जना शिक्षकको आन्तरिक सरुवा

रत्ननगर । रत्ननगर नगरपालिकाका सामुदायिक विद्यालयमा अध्यापन गराउने ३६ जना शिक्षककाे आन्तरिक सरुवा गरिएको छ ।

नगरपालिकाले २० जना निमावि तह र १६ जना मावि तहका शिक्षककाे आन्तरिक सरुवा गरेकाे हाे । सरुवा भएका ३६ जना मध्ये चार जना प्रधानाध्यापक समेत छन् ।

सामुदायिक विद्यालयकाे शैक्षिक गुणस्तर सुधार गर्नको लागी नगरपालिकाले तयार गरेको दरबन्दी मिलान तथा शिक्षक व्यवस्थापन कार्यविधि अनुसार शिक्षकहरुको सरुवा गरिएको मेयर प्रलाद सापकोटाले जानकारी दिए। 

नगर भित्रका २७ वटा सामुदायिक विद्यालयमा राहत र दरबन्दी गरि ३२३ जना शिक्षक कार्यरत छन् । यस अघि पनि रत्ननगर नगरपालिकाले ५० जना प्रावि र दुई जना निमावि गरि ५२ जना शिक्षककाे आन्तरिक सरुवा गरिएकाे थियाे ।

https://ujyaalonepalnews.com/archives/30896

Previous articleआइसीसी महिला टि–२० विश्वकप एसिया छनोटमा नेपालद्वारा मलेसिया पराजित
Next articleजसपामा एक व्यक्ति, एक पद र एक समितिको व्यवस्था लागू हुने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।