Home Uncategorized जुवा खेल्दै गरेका प्रधानाध्यापकसहित ८ जना पक्राउ

जुवा खेल्दै गरेका प्रधानाध्यापकसहित ८ जना पक्राउ

भद्रपुर । सामुदायिक विद्यालयका प्रधानाध्यापकसहित झापाको गौरादह नगरपालिकाबाट प्रहरीले आठ जनालाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको छ ।

गौरादाह नगरपालिका–९ स्थित दिनेश पोखरेलेको घरमा जुवा खेल्दै गरेको अवस्थामा स्थानीय अमर माध्यमिक विद्यालयका प्रधानाध्यापक गोपाल पोखरेलसहित ज्ञानेन्द्र ढकाल, जयप्रसाद गौतम, रामबहादुर ढुङ्गाना, महेश निरौला, रोहित बस्नेत, नेत्र पोखरेल र गोपाल ढकाललाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठका अनुसार स्थानीयवासीले दिएको जानकारीका आधारमा उनीहरुलाई बिहीबार राति इलाका प्रहरी कार्यालय झिलझिलेबाट गएको प्रहरी टोलीले पक्राउ गरेको हो । जुवा खालबाट प्रहरीले रु ९१ हजार ३८० र सात मोबाइल बरामद गरेको छ ।

The post जुवा खेल्दै गरेका प्रधानाध्यापकसहित ८ जना पक्राउ appeared first on Rajdhani Daily News.

ब्याडमिन्टनका जुनियर स्टार प्रिन्स दाहाल प्रि-क्वार्टरफाइनलमा

Previous articleअर्थ सचिव र नाडा प्रतिनिधिमण्डलबीच छलफल
Next articleएनसेलद्वारा मासिक र साप्ताहिक विजेतालाई पुरस्कार प्रदान
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।