देशको अर्थतन्त्रमा सुधारका संकेत: अर्थमन्त्री महत

0
44

बुटवल- नेपाल सरकारका अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्रमा सुधारका संकेत देखिएको बताएउनु भएको छ । बुटवल जेसिजको स्वर्ण जयन्ती समारोहको बुटवलमा उद्घाटन गर्दै उहाले उद्योगी व्यवसायी निरास हुनुपर्ने अवस्था नभएको बताउनुभयो ।

अर्थमन्त्री महतले अर्थतन्त्र अफ्ठ्यारोमा भएपनि निरास हुने अवस्था नभएको बताउँदै अर्थतन्त्रमा सकारात्मक सन्देश देखिएकाले व्यवसायीहरु लगानी गर्न आग्रह गर्नुभयो ।

अर्थतन्त्रको संकेतलाई राम्रोसँग केलाएर अगाडि बढ्नुको बिकल्प नभएको भन्दै उहाँले अहिले अर्थतन्त्र सुधारका संकेत देखिनु आफैमा सकारात्मक भएको दाबी गनुभयो ।

अर्थतन्त्रमा देखिएको निरासाको संकेत अस्थायी भएको भन्दै उहाँले यो धेरै समय नरहने बताउनुभयो । अहिले पुँजीको परिचालन भैरहेको भन्दै मौद्रिक नीतिमा कडाई गर्दा ब्याज दर बढेको भन्दै यो दीगो नभएको बताउनु भयो ।

जेसिजको मूल्य मान्यता र क्रियाकलाप अत्यन्तै महत्वपूर्ण भएको भन्दै अर्थमन्त्री डा. महतले जेसिजको भूमिका लोकतन्त्र र शान्ति स्थापना, व्यवसाय र अन्तर्राष्ट्रिय पहुँचमा विशेष भुमिका खेलेको बताउनुभयो ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेय, तिलोत्तमा प्रमुख रामकृष्ण खाण लगायतले शुभकामना दिनुभयको थियो । कार्यक्रममा बुटवल जेसिजका पुर्व अध्यक्षहरुलाई सम्मान गरिएको थियो ।

https://www.ujyaalonepalnews.com/archives/30957

Previous articleअमेरिकी सिनेटर होलेन नेपाल भ्रमणमा
Next articleभारत र पाकिस्तानबीचको एसिया कपको खेल बर्षाका कारण रद्ध, दुवै टिमले १/१ अंक बाँडे