पेप्सीकोलामा मिनी बसले बोलेरो, मोटरसाइकल र स्कुटरलाई ठक्कर दिंदा एकजनाको मृत्यु, सातजना घाइते

0
91

काठमाडौं– काठमाडौंको पेप्सीकोला-काँडाघारी सडकखण्डमा सवारी दुर्घटनामा घाईतेमध्ये एक जनाको मृत्यु भएको छ । मृतकको पहिचान हुन सकेको छैन । सो दुर्घटनामा अन्य सात जना घाइते भएका छन् ।

क्षेत्रीय बस व्यसायी संघ अन्तर्गतको मिनि बसले विपरित दिशाबाट आएको बोलेरोलाई ठक्कर दिंदा मिनिबस पल्टिएको थियो । बस पल्टिदा बसले एक मोटरसाईकल र एक स्कुटरलाई थिच्दा मोटरसाईकल चालक गम्भीर घाईते भएको र उपचारको क्रममा सिभिल अस्पतालमा उनको मृत्यु भएको प्रहरी प्रभाग काडाँघारीले जनाएको छ ।

अन्य घाईतेहरूको पनि सोही अस्पतालमा उपचार भईरहेको छ । बस चालक रामेछापको लिखुतामाकोशी-२ घर भई हाल पेप्सीकोला बस्ने २४ वर्षीय जनक राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

https://www.ujyaalonepalnews.com/archives/30982

Previous articleमकवानपुरमा नमुना संयुक्त रास्ट्र संघ सम्पन्न ।
Next articleअरुण तेस्रो आयोजनको विद्युत् गृहस्थल र प्रवेश मार्ग ठप्प